समाचार
दुप्चेश्वर गाउँपालिका खुल्ला दिसामुक्त क्षेत्र घोषणा
२०७४∕ ३∕ १६
दुप्चेश्वर गाउँपालिका खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको छ । ‘दुप्चेश्वर महादेव हाम्रो सान, पूर्ण सरसफाई युक्त गाउँपालिका हाम्रो अभियान’ भन्ने नाराका साथ उद्घाटन गरिएको खुल्ला दिसा मुक्त क्षेत्र घोषणा कार्यक्रमका प्रमुुख अतिथि पूर्व अर्थमन्त्री डा. रामशरण महतले गर्नुभएको हो । कार्यक्रमको सभापतित्व दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्र सिँह तामाङले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि डा. महतले राष्ट्रिय महत्वको धरोहर दुप्चेश्वर महादेव मन्दीर यसै गाउँपालिकामा पर्नु हाम्रो सौभाग्य भएको र यसको सुधार गरी पर्यटक भित्रयाउनु पर्नेमा जोड दिनुभयो । यसका लागि आवश्यक पहल गर्न र त्यसको खाका तयारीका लागि सहयोग गर्न आफू समेत तयार रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं डिवाससिसिका सल्लाहकार जगदिश बराल, जिल्ला समन्वय समितिका प्रमुख एवं डिवाससिसिका अध्यक्ष केशरबहादुर पण्डित, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक देववहादुर बोहरा, खानेपानी डिभिजन प्रमुख एवं डिवाससिसिका प्रतिनिधि भवानी सापकोटा, कृषि विकास बैंकका सञ्चालक सिमितिका सदस्य रमेश कुमार महत, लिखु गाउँपालिकाका अध्यक्ष धु्रव श्रेष्ठ, तादी गाउँपालिकाका अध्यक्ष नारायण प्रसाद पाण्डे लगायत अतितिहरुको उपस्थिति थियो ।
दुप्चेश्वर गाउँपालिकाले सबैभन्दा पहिलो काम अन्तरगत आफ्नो गाउँपालिका लाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरेको हो । सन् २०१७ सम्म नेपाललाई खुल्ला दिसामुक्त मुलुक बनाउने नेपाल सरकारको राष्ट्रिय लक्ष्यलाई आत्मसात गर्दै यस गाउँपालिकाले समेत खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेको हो । साविकको सात गा.वि.स रहेको दुप्चेश्वर गाउँपालिकामा ३० हजार जनसंख्या र ५ हजार ५ सय घरधुरी छन् । यसमध्ये हाल ४ हजार २ सय ५० घरमा पक्की शौचालय बनिसकेको छ । बाँकी १ हजार २ सय ५० घरमा भने हाल कच्ची शौचालय रहेको छ । हाल कच्ची शौचालय प्रयोग गरिरहेका घरधुरी समेत पक्की शौचालय निर्माणको क्रममा छन् । दुप्चेश्वर गाउँपालिका गाउँपालिका स्तरिय खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने नुवाकोटकै पहिलो गाउँपालिका समेत हो । कार्यक्रममा बोल्दै गाउँ पालिका अध्यक्ष तामाङ भन्नुहुन्छ,‘‘खुल्ला दिसा मुक्त क्षेत्र घोषणा हाम्रो पहिलो कार्यक्रम हो । आगामी दिनमा हामीले यस्ता र यो भन्दा महत्वपूर्ण थुप्र्रैै कामहरु गर्नुछ । यसमा सबै सरोकारवाला निकाय र आम गापा बासीहरुको समेत ठूलो भूमिका रहने छ ।” कार्यक्रमकाबीच अध्यक्ष तामाङले जनतालाई खुल्ला स्थानमा दिसा नगर्ने शपथ समेत गराउनु भएको थियो ।
कार्यक्रमका विशेष अतिथि जगदिश बराललयायत वक्ताहरुले यस गाउँपालिकालाई नुवाकोट जिल्लाकै पहिलो खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएकोमा सफलताको शुभकामनाका साथै धन्यवाद समेत दिनु भएको थियो । साथै, जनतासँग प्रत्यक्ष सम्बन्ध गाँसिएका यस्ता कामहरुमा आ–आफ्नो क्षेत्रबाट सहयोग रहने उहाँहरुको भनाई थियो । वर्षायाममा आयोजना भएता पनि स्थानियको समेत बाक्लो उपस्थिति रहेको कार्यक्रमको समापनमा अध्यक्ष तामाङले सबै सरोकारवाला निकाय, प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत सबै अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
आर्थिक वर्ष:
जानकारी
-
मिति: 10/22/2024 - 14:06
-
मिति: 06/26/2024 - 13:57
-
मिति: 09/21/2023 - 08:39
-
मिति: 06/24/2023 - 19:46
-
मिति: 07/29/2022 - 16:22
-
मिति: 08/27/2024 - 14:45
-
मिति: 08/27/2024 - 14:43
-
मिति: 08/27/2024 - 14:39
-
मिति: 03/05/2019 - 16:07
-
मिति: 12/21/2018 - 12:41
-
मिति: 04/02/2025 - 10:36
-
मिति: 12/02/2024 - 10:31
-
मिति: 11/22/2024 - 12:32
-
मिति: 11/06/2024 - 11:49
-
मिति: 10/20/2024 - 10:45